मोटरसाईकलको ठक्करबाट ४ पैदलयात्री घाईते

मोटरसाईकलको ठक्करबाट ४ पैदलयात्री घाईते

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ५ कात्तिक ।
सुनसरीमा मोटरसाईकलले ठक्कर दिँदा ४ पैदलयात्री घाईते भएका छन् । ईनरुवा नगरपालिका ५ बलाहा चौकमा शनिबार राती भएको उक्त दुर्घटनामा ४ जान घाईते भएको प्रहरीले जनाएकोे छ । ईनरुवाबाट बलाहा जाँदै गरेको से ७ प ८८६ नम्बरको मोटरसाईकलले सोही ठाउँ बस्ने पैदलयात्री ४८ बर्षिय मणिराम दाहाल, ५० बर्षिय चलीमाया मगर, ५५ बर्षिय कमला मगर र ४० बर्षिय हिरामाया मगरलाई ठक्कर दिएको थियो ।
ठक्करबाट घाईते उनीहरुलाई उपचारकालागी इनरुवा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारकालागी गोल्डेन अस्पताल बिराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालकलाई प्रहरीको नियन्त्रणमा रहेका छन् ।

Logo