बुटवल , ५, कात्तिक
रुपन्देही तिलोत्तमा नगरपालिका—५ कैलासपथ स्थित स्थानीय मनिष अधिकारीको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले शनिबार २६ जना जुवाडेलाई पक्राउ गरेको छ ।सुराकीको आधारमा खानतलासी गर्दा उनीहरुबाट ९ लाख ४६ हजार एक सय ९५ रुपैयाँ सहित १६ थान कौडा र तास बरामद गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रवन भट्टराइले जानकारी दिए । ‘सुराकीको आधारमा खानतलासी गर्दा २६ जना जुवाडेहरुको समूह पक्राउ परेका हुन् । पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ,’उनले भने ।
नागरिकबाट





























प्रतिक्रिया