काठमाडौँ, ५, कात्तिक
अब नेपालमै पाइलट तालिमका लागि विमानस्थल उपलब्ध हुने भएको छ । सरकारले राजविराजमा निर्माण भइरहेको विमानस्थललाई दीर्घकालीन रूपमा फ्लाई टे«निङ स्थलका रूपमा विकास गर्न सम्भाव्यता अध्ययन गर्ने भएको हो । ठूलो लगानीमा निर्माण भए पनि यात्रु उडानका आधारमा यो विमानस्थल कति चल्छ भन्ने ग्यारेन्टी छैन ।
सोही कारण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यो विमानस्थललाई तालिमका लागि उपयोग गर्ने अवधारणा ल्याएको हो । यस बाहेक राजविराज एयरपोर्टलाई मेन्टिनेन्स एयरपोर्टको सम्भाव्यता अध्ययन गर्ने पनि मन्त्रालयको योजनामा उल्लेख छ । अहिले तराई भेगका सबै विमानस्थल अति व्यस्त छन् । यस अवस्थामा राजविराजको क्षमता अभिवृद्धि गर्दा यात्रु अभाव हुन सक्छ । त्यसको विकल्पका रूपमा जहाज मर्मत या पाइलट तालिम स्थलका रूपमा उपयोग गरिने मन्त्रालयको भनाइ छ । यसैविच राजविराज विमानस्थल १६ कात्तिकभित्र सञ्चालनमा ल्याइ सक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको योजना छ । त्यसबीचमा विमानस्थलको धावनमार्ग, ट्याक्सी वे, एप्रोन जस्ता क्षेत्र कालोपत्रे भइसक्ने प्राधिकरणको दाबी छ । यो विमानस्थल थप विस्तारको समेत योजना रहेको प्राधिकरणले उल्लेख गरेको छ । त्यसका लागि थप जग्गा अधिग्रहण लगायतका काम सुरु गर्न लागिएको प्राधिकरणको भनाइ छ ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया