काठमाडौँ, ५, कात्तिक
प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई सफल पार्न सम्पूर्ण नेपालीको सहभागिता हुनुपर्ने बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो साँझ रिपोर्टर्स क्लब नेपालको देउसी–भैलो टोलीसँग संक्षिप्त कुराकानी गर्दै उनले मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई सफल पार्न अपिल पनि गरे ।
प्रधानमन्त्री देउवाले दीपावलीले देशमा अमनचयन, शान्ति र समृद्धि ल्याओस् भनी कामना गरे । उनले भने, “देउसीभैलो टोली मेरो निवासमा आएर भैलो गाएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु, त्यस्तै सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा पनि हार्दिक शुभकामना छ, मुलुकमा अमनचयन, शान्ति ल्याउने कुरामा नेपाल अघि बढोस् मेरो यही शुभकामना छ ।” प्रधानमन्त्री देउवाले निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र र भय रहित वातावरणमा सम्पन्न गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको समेत उल्लेख गरे ।
रासस





























प्रतिक्रिया