कात्तिक, ४, काठमाडौं
निर्वाचन आयोगले आगामी मङ्सिरमा हुने निर्वाचनको लागि १० हजार ६७१ निर्वाचन स्थलमा १९ हजार ८०९ वटा मतदान केन्द्र कायम गर्ने निर्णय गरेको छ। "/>

देशभर १० हजार ६७१ निर्वाचन स्थल, १९ हजार ८०९ वटा मतदान केन्द्र

देशभर १० हजार ६७१ निर्वाचन स्थल, १९ हजार ८०९ वटा मतदान केन्द्र

केन्द्रबिन्दु
0
Shares

कात्तिक, ४, काठमाडौं
निर्वाचन आयोगले आगामी मङ्सिरमा हुने निर्वाचनको लागि १० हजार ६७१ निर्वाचन स्थलमा १९ हजार ८०९ वटा मतदान केन्द्र कायम गर्ने निर्णय गरेको छ। प्राप्त जानकारीअनुसार आगामी मंसिर १० र २१ गते हुने निर्वाचनका लागि १९ हजार ८०९ मतदान केन्द्रको निर्धारण गरिएको हो । प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादव आयोगले मतदाता नामावलीलाई ०७४ असोज १७ गते अन्तिमरूप दिइसकेको जानकारी दिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कूल मतदाता संख्या १ करोड ५४ लाख २७ हजार ७३१ कायम भएको छ । ०७४ भदौ ५ गते सम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताहरूको नाम उक्त मतदाता नामावलीमा समावेश गरिएको आयोगले जनाएको छ । पहिलो चरण मंसिर १० गते ३२ जिल्लामा हुने निर्वाचनमा ३२ लाख २८ हजार ८७९ जना मतदाताले मताधिकारको प्रयोग गर्ने प्रमुख आयुक्त यादवले जानकारी दिए ।

Logo