अर्घाखाँची,कार्तिक, ३
बाबुको श्राद्ध गर्न देवघाट पुगेका अर्घाखाँची सन्धिखर्कका २ युवा नुहाउने क्रममा नारायणी नदिमा डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सन्धिखर्क नपा १ का ३८ बर्षीय चन्द्रमान श्रेष्ठ र उनका भाई २८ बर्षीय राजकुमार श्रेष्ठ छन् । प्रहरीका अनुशार उनीहरु बावुको श्राद्ध गर्न देवघाट पुगेका थिए । ५ भाई मध्ये २ भाईलाई बिहिवार दिउसो नारायणी नदीले बगाएको बताइएको छ । अन्य ३ भाई भने सकुशल रहेको चितवन प्रहरीले जनाएको छ । बेपत्ता २ जनाको खोजीकार्य भइरहेको छ ।





























प्रतिक्रिया