केन्द्रविन्दु सम्बाददाता । काठमाडौँ, ३ कार्तिक ।
सुर्खेतको कालीखोलामा बस दुर्घटना भएको छ । जाजरकोटको रिम्नाबाट नेपालगँजका लागि छुटेको मे १ ख ७२२ नम्बरको बस सडकबाट खोलामा खस्दा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । मृतक जाजरकोट भेरी नगरपलिका १० का शिवलाल डाँगी रहेका छन् ।
घाइतेमध्ये ३ जना गम्भीर रहेको इलाका प्रहरी कार्यालय बादे पिपलका इन्चार्ज दामोदर अधिकारीले बताए । घाइतेहरुको थप उपचारका लागि नेपालगंज जिल्ला अस्पताल पठाएको अधिकारीले जानकारी दिए । बाटो बिग्रेको कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए । बस करिब ७० मिटर तल खसेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया