१४ जुवाडेसहित ३५ जना पक्राउ

१४ जुवाडेसहित ३५ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु सम्बाददाता । काठमाडौँ, ३ कार्तिक । चाँड पर्वको बाहानामा समाजमा शान्ति भंग गर्ने जस्ता गतिविधी गरेको अभियोगमा १४ जुवाडे सहित ३५ जनालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीबार राती विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरुलाई  नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बिहीबार राती पौने १२ बजे डुडुवा गाउपालिका वडा नं.– १ खडैचाबाट ३४ हजार नगदसहित १४ जना जुवाडेलाई नियन्त्रणमा लिएको थियो  । स्थानीय सुमृत भंगी बाल्मिकीको घरमा जुवा खेल्दै गरेका १४ जना जुवाडेलाई तिन गड्डी ताससहित ३४ हजार ३ सय ११ रुपैया नियन्त्रणमा लिएर अनुसंधान सुरु गरिएको छ  ।

त्यसैगरी मापसे सेवन गरी मोटरसाईकलमा होहल्ला गरी शान्ति भंग गर्दै हिड्ेका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई १२ बजे न्युरोड, तथा विभिन्न स्थानबाट नियन्त्रणमा लिएको थियो ।

पटाका पड्काउदै अरुलाई तर्साउने गरेको आरोपमा समेत विभिन्न स्थानबाट ७ जनालाई नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपीले बताए ।

Skip This
Skip This
Logo