स्याङ्जा , ३, कात्तिक

स्याङ्जाको साविक खिलुङदेउराली ८ ठाडाखेत भौगोलिक हिसाबले बिकट मानिन्थ्यो । "/>

एउटै फार्मबाट दैनिक एक लाख ४० हजार वटा अन्डा उत्पादन

एउटै फार्मबाट दैनिक एक लाख ४० हजार वटा अन्डा उत्पादन

केन्द्रबिन्दु
0
Shares

स्याङ्जा , ३, कात्तिक

स्याङ्जाको साविक खिलुङदेउराली ८ ठाडाखेत भौगोलिक हिसाबले बिकट मानिन्थ्यो । साविक पुतलीबजार नगरपालिका र खिलुङको सिमाना हेलु बजारबाट पुल तरेपछि कुनेटोमा रहेको खेत अहिले औद्योगिक क्षेत्रका रूपमा विस्तार भएको छ । वरिपरि पहाड तथा जंगलले घेरिएको भूभाग बीच समथर खेतको काल्नाबाट बगेको दरौं खोलाको व्यवस्थापन गर्दै गाउँमा उद्योग सञ्चालन गरेर युवा उद्यमी खुमाप्रसाद अर्याल लगायत समूहले युवालाई रोजगारी दिएका छन् ।

पेसाले चार्टर्ड एकाउन्टेन्ट अर्याल राजनीतिमा पनि सक्रिय छन् । गाउँमा करोडौं रुपैयाँ लगानी गरेर उनी जिल्लामा हालसम्मकै ठूलो उद्योग बनाउन सफल भएका छन् । भीरकोट नगरपालिका खिलुङ कालिका एग्रो फार्म प्राइभेट लिमिटेड कम्पनीका नाउँमा स्थापना गरिएको मुलुककै अत्याधुनिक लेयर्स कुखुरा फर्म चार वर्षदेखि सञ्चालनमा ल्याइएको छ । जर्मनी प्रविधि ‘ब्याट्री केजु प्रणालीबाट सञ्चालित उक्त फार्ममा दुई लाख लेयर्स कुखुरा अटाउने क्षमता छ । पूर्ण स्वचालित उक्त ब्याट्रिकेज कुखुरा फार्मबाट अन्डा उत्पादन सुरु भइसकेको छ । जर्मनीको आधुनिक प्रविधिद्वारा सञ्चालित फार्ममा लक्ष्य अनुरूप अन्डा उत्पादन सुरु भएको छ । मुलुककै पहिलो स्वचालित एग्रो फार्मबाट हाल दैनिक १ लाख ४० हजार भन्दा बढी अन्डा उत्पादन हुने गर्छ ।
अन्नपूर्णपोष्टबाट

Logo