काठमाडौँ, २, कात्तिक
राष्ट्रपति विद्यादेवी भण्डारीले बालमन्दिरका बालिकालाई आज गुन्यूचोलो प्रदान गरेकी छिन् । लक्ष्मीपूजाको अवसर पारेर राष्ट्रपति भण्डारीले ६ देखि १६ वर्षका ४३ बालिकालाई गुन्यूचोलो प्रदान गरेकी हुन् । "/>

राष्ट्रपतिद्वारा बालमन्दिरका बालिकालाई गुन्यूचोलो प्रदान

राष्ट्रपतिद्वारा बालमन्दिरका बालिकालाई गुन्यूचोलो प्रदान

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २, कात्तिक
राष्ट्रपति विद्यादेवी भण्डारीले बालमन्दिरका बालिकालाई आज गुन्यूचोलो प्रदान गरेकी छिन् । लक्ष्मीपूजाको अवसर पारेर राष्ट्रपति भण्डारीले ६ देखि १६ वर्षका ४३ बालिकालाई गुन्यूचोलो प्रदान गरेकी हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले स्वस्ती वाचनसहित लक्ष्मीपूजा गर्दै बालिकालाई गुन्यूचोलो प्रदान गरेकी थिइन् ।

कार्यक्रमकै सन्दर्भमा बालमन्दिरका पदाधिकारीसँग संक्षिप्त कुरा गर्दै राष्ट्रपति भण्डारीले नेपालको संस्कृति अनुसार बालिकालाई गुन्यूचोलो बाँढ्न पाउँदा अत्यन्तै खुशी लागेको अनुभूति सुनाएकी थिइन् । हरेक बालिकालाई छिटको साडी (रातो छिर्केमिर्के), ढाकाको चोली, सेतो पटुकी, कालो सुरुवाल, मखमलको रातो चप्पल एक जोर, रातो काँचको चुरा एक दर्जन र केशका लागि धागो दिइएको थियो । बालमन्दिरका कार्यकारी निर्देशक बालकृष्ण डंगोलका अनुसार बडादशैँको महानवमीका दिन बालमन्दिरका तर्फबाट भाइको पशुपतिमा लगेर पूजा हुने गरेको सन्दर्भमा छोरीहरुलाई पनि गुन्यूचोली बाँढ्न उपयुक्त हुन्छ भन्ने राष्ट्रपतिबाट इच्छा व्यक्त भए अनुरुप यो कार्यक्रम गरिएको हो ।

राष्ट्रपतिले गुन्यूचोलो लगाएका बालिकासँग सामूहिक तस्बीर र भलाकुसारी समेत गरेकी थिइन् साथै बालिकालाई मिष्ठान्न भोजन पनि गराइएको थियो । कार्यक्रममा बालबालिका संरक्षणको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाका प्रमुख, प्रतिनिधि तथा संसद्को महिला, बालबालिका तथा समाज कल्याण समितिका सभापति रञ्जु कुमारी झा, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका सहसचिव राधिका अर्याल लगायतको सहभागिता थियो ।
रासस

 

Logo