काठमाडौँ, २, कात्तिक

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन तोकिएको मितिमा सम्पन्न गर्न सरकारका तर्फबाट सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । "/>

निर्वाचनका लागि सबै प्रकारको सहयोग उपलब्ध हुने प्रधानमन्त्रीको भनाई

निर्वाचनका लागि सबै प्रकारको सहयोग उपलब्ध हुने प्रधानमन्त्रीको भनाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २, कात्तिक

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन तोकिएको मितिमा सम्पन्न गर्न सरकारका तर्फबाट सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले आज प्रधानमन्त्री निवास बालुवाटारमा निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा तोकिएको मितिमा निर्वाचन गर्न निर्वाचन आयोगलाई आवश्यक पर्ने सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका आयोगका सचिव नवराज ढकालले जानकारी दिए ।

आगामी मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा सञ्चालन गर्न आयोगबाट भइरहेको तयारी प्रति सन्तोष व्यक्त गर्दै प्रधानमन्त्री देउवाले निर्धक्कसँग निर्वाचनको काममा खट्न आयोग पदाधिकारीलाई सुझाव दिए । त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी मंसिर १० र २१ गते प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन एकैपटक दुई चरणमा गर्ने गरी आयोगले निर्वाचन कार्यतालिका मुताबिक काम गरिरहेको जानकारी दिएका थिए।

उनले निर्वाचन कार्यक्रम अनुसार असोज २९ गते राजनीतिक दलका तर्फबाट व्यापक उत्साहका साथ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची पेश भएको सो अवसरमा प्रधानमन्त्री देउवालाई अवगत गराए । भेटमा प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच दीपावली तथा छठ लगायतका पर्वहरूको उपलक्ष्यमा शुभकामना आदानप्रदान समेत भएको थियो । उक्त अवसरमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, आयोगका निर्वाचन आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह तथा आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल सहभागी थिए ।
रासस

Logo