गलैंचा, डस्ना, दुई लाख नगदसहित १७ जुवाडे पक्राउ

गलैंचा, डस्ना, दुई लाख नगदसहित १७ जुवाडे पक्राउ

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु सम्वाददाता । मोरङ, २ कार्तिक  । मोरङ प्रहरीले २ लाख नगदसहित १७ जुवाडेलाई पक्राउ परेको छ । जुुवातास खेलीरहेको अबस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

बिराटनगर महानागरपालिका १७ स्थित निरज श्रेष्ठको घरमा जुवा खेलीरहेको बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले उनीहरुलाई बिभिन्न ठाउँ पक्राउ गरेको हो । प्रहरीले जुवातासको खालबाट नगद २ लाख २८ हजार ४ सय ३८ रुपैँया, ३ बुक तास, तास खेल्न प्रयोग गरिएका गलैंचा, डस्ना लगायतका सामान समेत बरामद गरेको इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक सन्तोष निरौलाले बताए ।

Logo