जुम्ला, २ कात्तिक
आसन्न मंसिर १० र २१ गते सम्पन्न हुने संघ र प्रदेशको चुनावका लागि जुम्ला क्षेत्र नं २ सिंजा भेगमा २० प्रतिशत मतदाता घट्ने देखिएको छ । "/>

जुम्लामा संघ र प्रदेश चुनावमा २० प्रतिशत मतदाता घट्ने

जुम्लामा संघ र प्रदेश चुनावमा २० प्रतिशत मतदाता घट्ने

केन्द्रबिन्दु
0
Shares

जुम्ला, २ कात्तिक
आसन्न मंसिर १० र २१ गते सम्पन्न हुने संघ र प्रदेशको चुनावका लागि जुम्ला क्षेत्र नं २ सिंजा भेगमा २० प्रतिशत मतदाता घट्ने देखिएको छ । तिहार लगत्तै सिंजा भेगका सबै पुरुष पारिवारिक जीविको पार्जनका लागि व्यापार व्यवसाय गर्न वर्षेनी भारतीय भूमिमा जाने संस्कार छ । यो संस्कारलाई यसपटकको संघ तथा प्रदेशको चुनावले रोक्न सक्ने अवस्था नरहेको कनकासुन्दरी गाउँपालिका–१ बुम्रमाडीचौर जुम्लाका स्थानीय व्यापारी भीमबहादुर भण्डारीले जानकारी दिए । “वर्षेनी सिंजावासीलाई भारतीय भूमिमा जानु रहर नभई बाध्यता हो, चुनावका लागि रोकिनेहरु कमाउनबाट वञ्चित हुन्छन्, त्यही समस्याले उनीहरुलाई पिरोल्छ”, उनले भने। चुनावका लागि पर्खिंदा रोजीरोटीको सुनिश्चितता नहुने भएकाले ५० प्रतिशत पुरुष यतिबेला बाहिरने उनको भनाइ छ । उनका अनुसार महिला, बालबालिका र ज्येष्ठ नागरिक मात्र घरमा हुन्छन् ।

कनकासुन्दरी–२ का स्थानीय मोतीलाल रावतले सिंजालीहरुको आम्दानीको मुख्य स्रोत नै व्यापार भएकाले यो समय चुकाउन नहुने बताए । उनका अनुसार सिंजालीहरु यो याममा हिङ, सिलाजित, गलैँजा व्यापारबाट एक जनाले तीन महिनामा ९० हजार देखि चार लाख सम्म आम्दानी गर्छन् । जुम्ला क्षेत्र नं २ मा तिला, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिका पर्छन् । जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले हाल जुम्लामा कूल मतदाता ५९ हजार ५८ रहेको जानकारी दिए ।
रासस

Logo