पाल्पा,२, कार्तिक

तिहार नजिकिँदै गर्दा स्वदेशी तथा विदेशी पर्यटकका लागि आर्कषक कोसेलीको रूपमा रहेको पाल्पाली ढाकाका सामानको व्यापार दोब्बरले बढेको छ । "/>

तिहारमा पाल्पाली ढाकाको व्यापार बढ्यो

तिहारमा पाल्पाली ढाकाको व्यापार बढ्यो

केन्द्रबिन्दु
0
Shares

पाल्पा,२, कार्तिक

तिहार नजिकिँदै गर्दा स्वदेशी तथा विदेशी पर्यटकका लागि आर्कषक कोसेलीको रूपमा रहेको पाल्पाली ढाकाका सामानको व्यापार दोब्बरले बढेको छ । तिहारमा दिदी, बहिनी तथा दाजुभाइले आफ्ना आफन्तलाई पाल्पाली ढाकाका टोपी, स्टकोट, पछ्यौरा, चौबन्दी चोली, रुमाल लगायतका सामान उपहारका लागि खरिद गरेका कारण बिक्री दोब्बरले वृद्धि भएको व्यवसायीहरु बताउँछन् । “तिहारमा दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी तथा दाजुभाइले चौबन्दी चोली र पछ्यौरी उपहार दिने भएकाले बिक्री बढेको हो ” पाल्पाली ढाकाका संस्थापक स्वदेशी वस्त्रकला ढाका उद्योगका सञ्चालक पूर्णमाया महर्जनले भनिन्, “तिहारले गर्दा यहाँका व्यापारीलाई भ्याइनभ्याई भएको छ ।”

अन्य समयमा पाल्पामा दैनिक ३ देखि ५ लाख रुपैयाँसम्मको ढाका कपडा बिक्री गरेको छ । तर तिहारको समयमा भने दैनिक १० देखि १५ लाख रुपैयाँसम्मको व्यापार हुने गरेको व्यवसायीहरु बताउँछन् । परम्परागत रुपमा टोपी र चोलीबाट सुरु भएको ढाका व्यवसायले समयको परिवर्तन र ग्राहकको चाहनालाई ध्यानमा राख्दै आफ्नो रुपमा पनि परिवर्तन गरेको छ ।
कारोबारबाट

Skip This
Skip This
Logo