काठमाडौं ।
पामाकेयर फर्माक्युयल इन्डष्ट्रिले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई कोरोना भाइरस संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षाको लागि प्रयोग हुने सेनिटाइजर सहयोग गरेको छ ।
पामाकेयरका प्रबन्ध निर्देशक पवन चौधरीले पामाकेयर कम्पनीद्वारा उत्पादित सेनिटाइजर महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिम ढकाललाई पाँच सय बोतल पामाकेयर सेनिटाइजर आज ट्राफिक महाशाखामा एक कार्यक्रमका बिच हस्तान्तरण गरेका हुन् ।
सेनिटाइजर हस्तान्तरण गर्दै चौधरीले ट्राफिक महाशाखालाई यो कोरोना महामारीको समयमा सानो सहयोग गर्न पाउँदा एकदमै खुशी लागेको बताएका छन् । उनले पामाकेयरको सेनिटाइजर यस अघि विभिन्न सामाजिक संघसंस्थालाई पनि हस्तान्तरण गरिरहेको र यसरी नै अन्य धेरैलाई सहयोग गर्दै जाने बताएका छन् ।

त्यस्तै, महानगरीय ट्राफिक प्रहरी प्रमुख भिम ढकालले यस्तो कोरोना भाइरस जोखिम बढीरहेका अवस्थामा मानवियता देखाएर पामाकेयरको सेनिटाइजर सहयोग गरेकोमा चौधरीलाई विशेष धन्यवाद दिएका छन् ।





























प्रतिक्रिया