काठमाडौं,२, कार्तिक
कांग्रेसले १० मंसिरमा पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका प्रत्यक्षतर्फका उम्मेदवार बिहीबार बिहान सम्म टुंग्याउने गृहकार्य गरेको छ । पहिलो चरणमा हिमाल र पहाडका ३२ जिल्लामा निर्वाचन हुँदैछ ।
कांग्रेसले ३२ मध्ये सात जिल्लामा मंगलबार नै उम्मेदवार टुंग्याएको थियो । बाँकी २५ जिल्लामा प्रतिनिधिसभा र प्रदेश सभामा पार्टीका तर्फका उम्मेदवार टुंग्याउन संसदीय समितिको बैठक बुधबार रातभर पनि बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । ‘पहिलो चरणमा हुने ३२ जिल्लाको निर्वाचनमा पार्टीका उम्मेदवार टुंग्याउन बुधबार रातभर संसदीय समिति बैठक बस्दैछ,’ मुख्यसचिव पौडेलले भने, ‘आकांक्षी धेरै भएकाले मिलाउन गाह्रो छ । सबैको चित्त बुझाउनुपर्ने भएकाले रातभर बैठक बस्दै छौँ ।’कुन–कुन जिल्लामा क–कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय ३२ जिल्लाकै टुंगिएपछि मात्रै सार्वजनिक गर्ने तयारी आफूहरूको रहेको संसदीय समिति सदस्य एनपी साउदले जानकारी दिए । अहिलेसम्म १६ जिल्लामा उम्मेदवार टुंगिएका छन् ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया