काठमाडौं,२, कार्तिक
प्रतिनिधिसभामा प्रत्यक्षतर्फको एक सय ६५ सिटमध्ये कार्यदलले एमालेले ९९ र माओवादी केन्द्रले ५६ सिट लिने गरी मोटामोटी समझदारी बनाएको छ । ४० प्रतिशत अनुपात अनुसार माओवादी केन्द्रले ६६ सिट पाउनुपर्ने भए पनि कम प्रभाव रहेको क्षेत्रमा जित सुनिश्चित नहुने र बाँकी १० सिट गठबन्धनमा आएका राजमो, माले र हृदयेश त्रिपाठीको समूहलाई दिने तयारीका कारण कार्यदलले त्यसरी भागबन्डा प्रस्ताव तयार पारेको हो । ‘अरूलाई पनि मिलाउनुपर्ने भएकाले ५६ सिट मात्र पाउने दाबी गरेका हौँ,’ माओवादी नेता बस्नेतले भने । प्रदेश सभा प्रत्यक्षतर्फ तीन सय ३० सिटमध्ये माओवादी केन्द्रले १ सय ३२ सिट दाबी गरेको छ ।
नयाँपत्रिकाबाट































प्रतिक्रिया