काठमाडौं,२, कार्तिक
१० र २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि १ करोड ५४ लाख २७ हजार सात सय ३१ मतदाताले मताधिकार प्रयोग गर्दै छन् । ५ भदौमा १८ वर्ष उमेर पुगेका र फोटो सहित मतदाता नामावली दर्ता गराएकाहरूको नाम निर्वाचन आयोगले टुंगो लगाएको हो । आयोगका अनुसार १० मंसिरमा ३२ जिल्लाका प्रतिनिधिसभाका ३७ र प्रदेश सभा ७४ निर्वाचन क्षेत्रका ३२ लाख २८ हजार आठ सय ७९ जना मतदाताले मताधिकारको प्रयोग गर्न पाउनेछन् । त्यसैगरी, आयोगले प्रतिनिधिसभा र प्रदेश सभाका लागि देशभर १० हजार ६७१ निर्वाचन स्थलमा १९ हजार ८०९ वटा मतदान केन्द्र कायम गर्ने निर्णय गरेको छ ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया