काठमाडौं,२, कार्तिक
नागढुंगा–सीतापाइला सुरुङ मार्ग निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइरहेको सडक विभागले जनाएको छ। राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सीतापाइला सुरुङ मार्ग बनाउन डीपीआरको काम तीव्ररूपमा भइरहेको विभागको वैदेशिक महाशाखाले जानकारी दिएको छ। सो सुरुङमार्गको डीपीआर तयार पार्न एक जापानी कन्सल्टेन्सीले काम गरिरहेको र यस आर्थिक वर्षभित्र नै डीपीआर तयार पार्ने विभागका एक उच्च अधिकारीले जानकारी दिए।
२ दशमलव ५ किलोमिटर लम्बाइ रहने सुरुङमार्ग जापानी सहयोग नियोग (जाइका)को ऋण सहयोगमा निर्माण हुन लागेको हो। सुरुङमार्ग काठमाडौंको सीतापाइला देखि धादिङको नौबिसे सम्म निर्माण हुनेछ। सुरुङमार्ग निर्माणका लागि करिब २० अर्ब रुपियाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। सरकारले सुरुङ मार्ग निर्माण गर्न भन्दै ५ अर्ब ५४ करोड रुपियाँ बजेट विनियोजन गरिसकेको छ भने जापान सरकारसँग १६ अर्बको ऋण लिने सम्झौता गरिसकेको छ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया