हेटौैँडा,२, कार्तिक
जिल्ला प्रशासन कार्यालय मकवानपुर र हेटौँडा उपमहानगरपालिकाको संयुक्त टोलीले हिजो हेटौँडा बजारमा रहेका विभिन्न मिठाइ पसलको अनुमगन गरी गुणस्तरहीन ५० किलो मिठाइ नष्ट गरेको छ । सो अनुगमन टोलीले हेटौँडा वडा नं १, ४ र १० का विभिन्न मिठाइ पसलमा अनुगमन गर्दा मिठाइमा अखाद्य रङ मिसाइएको पाइएकाले उक्त परिणामको मिठाइ नष्ट गरिएको निमित्त प्रजिअ विनोद खड्काले बताए । पसलको सरसफाइ गरी गुणस्तरीय मिठाइ बिक्री वितरण गर्न निर्देशन समेत दिइएको छ ।
रासस































प्रतिक्रिया