कपिलवस्तु पोखरभिटवामा आगलागी, चारलाख बराबरको नोक्सान

कपिलवस्तु पोखरभिटवामा आगलागी, चारलाख बराबरको नोक्सान

केन्द्रबिन्दु
0
Shares

कपिलवस्तु, १ कात्तिक ।

कपिलवस्तुको यशोधरा गाउँपालिका–४ पोखरभिटवामा आगलागी हुँदा मोहम्मद रसिदको घरगोठ जलेर नष्ट भएको छ ।

आज बिहान ४ बजेतिर आगलागी भएको थियो । आगोबाट मानवीय क्षति नभएको तर घरमा भएको तीन तोला सुन, २० हजार नगद, पाँच सेट मोबाइल, खाद्यान्न, लत्ता कपडा गरी लगभग रु चार लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

मोहम्मदका छोरा कादिर खानका बिहेका लागि ल्याइएका लत्ताकपडा र अन्य भाडा समेत आगलागीमा जलेका हुन् ।

आगलागीबाट गोठमा रहेको एउटा गोरु मारेको छ भने तीन वटा गोरु घाइते भएका छन् ।

फुसको छानो भएको गाईवस्तुको गोठमा धुवाँले लामखुट्टे भगाउनको लागि परालमा आगो बालिएको र त्यही आगोबाट आगलागी भएको स्थानीय अनिल मालीले जानकारी दिएका छन् ।

स्थानीयको प्रयासमा बिहान ८ बजे मात्र आगो नियन्त्रणमा आएको थियो । रासस

Skip This
Skip This
Logo