पाल्पा, १ कात्तिक
तानसेन नगरपालिका–१३, बौघागुम्बास्थित रानीमहलमा पर्यटकको चहलपहल बढेको छ । रानीमहल दरबार सम्म सवारी आवागमन सहज भएपछि पर्यटकको चहलपहल बढेको हो । रानीमहल तानसेन देखि १३ किलोमिटर उत्तर कालीगण्डकी नदी किनार स्थित चट्टानमा रहेको छ । दशैँ तिहारको बिदा र सडक मर्मतपछि यहाँ आउने पर्यटक बढेका हुन् ।
कालीगण्डकी नदीको भिरालो चट्टानमा अवस्थित नेपालको ताजमहल मानिने रानीमहल हेर्न लायकको पर्यटकीयस्थल हो । ऐतिहासिक, पुरातात्विक, पर्यटकीय, धार्मिक, सांस्कृतिकरुपमा अत्यन्त महत्वपूर्ण मानिएको रानीमहल पर्यटकका लागि आकर्षणको लोभ लाग्दो सम्पदा हो । वर्षामा बिग्रिएका सडक मर्मत भई पूर्णरुपमा सडक सुचारु भएसँगै रानीमहल पुग्ने आन्तरिक तथा बाहय पर्यटक बढेका हुन् । पर्यटकको आवागमनमा वृद्धि भएसँगै रानीमहलमा चहलपहल बढेको हो । दशैँअघि सम्म पर्यटक शून्य जस्तो देखिए पनि अहिले दैनिक ३०० जना सम्म आन्तरिक पर्यटक आउने गर्दछन् । बाह्यभन्दा आन्तरिक पर्यटकको ओइरो लागेको पर्यटन व्यवसायी वसन्त कुँवरले बताए । अस्थायी प्रहरी बिट, रानीमहलका प्रहरी जवान टीकाराम सिंजालीका अनुसार सडक सुचारु भएपछि शुक्रबार र शनिबार बढी मात्रामा स्कुले विद्यार्थीको ओइरो लाग्ने गरेको छ ।
रासस





























प्रतिक्रिया