काठमाडौँ, १ कार्तिक
म्यादी प्रहरीका लागि माग संख्या भन्दा तीन गुणा बढी आवेदन परेको छ । ९८ हजार माग भएकोमा लागि २ लाख ९५ हजार बढीको आवेदन परेको हो । "/>

माग गरिए भन्दा तीन गुणा बढीको आवेदन

माग गरिए भन्दा तीन गुणा बढीको आवेदन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १ कार्तिक
म्यादी प्रहरीका लागि माग संख्या भन्दा तीन गुणा बढी आवेदन परेको छ । ९८ हजार माग भएकोमा लागि २ लाख ९५ हजार बढीको आवेदन परेको हो । जस मध्ये स्थानीय तह निर्वाचनमा भर्ना भएका मध्ये ४५ हजार बढीले पनि पुनः आवेदन दिएका छन् । प्रहरी प्रधान कार्यालयले २४ असोजमा सूचना जारी गर्दै ९८ हजार २ सय ६८ म्यादी प्रहरीका लागि भर्ना आह्वान गरेको थियो । प्रधान कार्यालयले सबै जिल्लामा भर्ना लिन सक्नेगरी भर्ना आह्वान गरेको थियो । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज न्यौपानेका अनुसार म्यादी प्रहरीको छनोट कार्य भने भाइटीकाको भोलिपल्टबाट सुरु हुनेछ । ‘हामीले सबै जिल्लाका जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिन सकिने व्यवस्था गरेका थियौं, जसमा उत्साहजनक सहभागिता मात्रै भएन, आवेदन पनि धेरै नै परेको छ, तिहारपछि सम्बन्धित जिल्ला प्रहरी कार्यालयले छनोट कार्य सुरु गर्नेछ,’ प्रहरी प्रवक्ता न्यौपानेले भने ।
राजधानीबाट

Logo