रसुवा, १ कार्तिक
नेपाल र चीन प्रवेशका लागि हाल सन्चालनमा रहेको एकमात्र उत्तरी नाका रसुवागढी बन्द गरिएको छ । चीन पक्षले पहिरोको कारण देखाउँदै नाका बन्द गरेको हो । "/>

चीन प्रवेशको एकमात्र उत्तरतर्फको रसुवागढी नाका बन्द

चीन प्रवेशको एकमात्र उत्तरतर्फको रसुवागढी नाका बन्द

केन्द्रबिन्दु
0
Shares

रसुवा, १ कार्तिक
नेपाल र चीन प्रवेशका लागि हाल सन्चालनमा रहेको एकमात्र उत्तरी नाका रसुवागढी बन्द गरिएको छ । चीन पक्षले पहिरोको कारण देखाउँदै नाका बन्द गरेको हो । काठमाडौंदेखि एकसय ५२ किलोमिटर उत्तर भोटेकोशी नदी किनारामा रहेको रसुवागढीमा तिहारसँगै चहलपहल समेत बढेको बेला चीनियाँ सुरक्षा अधिकारीले रसुवागढी केरुङ सडकमार्गमा पहिरो रहेका कारण त्यसलाई मर्मत गर्न नाका बन्द गरिएको जानकारी दिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरिक्षक शरतकुमार थापाक्षेत्रीले मंगलबार जानकारी दिए।

केरुङतर्फ यायातातका साधन जान ठप्प रहेको छ भने पहिले नै केरुङ पुगेर वसेका यातायातका साधन भने धमाधम फर्किरहेको उनले बताए। नेपाल चीन सिमा भोटेकोशी नदी किनारामा रहेको रसुवागढीमा तैनाथ चीनियाँ सुरक्षा अधिकारीले नेपालका सुरक्षा अधिकारीलाई केरुङतर्फ पहिरो गएका कारण त्यसलाई मर्मत गर्नु पर्ने भएका कारण अक्टोवर १६ अर्थात असोज ३० गते देखि अक्टोवर २२ अर्थात कार्तिक पाँच गते सम्म रसुवागढी नाका बन्द गरिएको जानकारी दिएको रसुवा प्रहरी प्रमुख थापाक्षेत्रीले बताए। यससँगै नेपालको उत्तरी सीमा रसुवागढीबाट केरुङ जान रोक लगाइएको छ ।
अन्नपूर्णपोष्टबाट

Logo