केन्द्रबिन्दु संवाददाता । काठमाडौ, ३१ असोज ।
रुपन्देहीमा थुनुवाहरुको अनुसन्धानका लागि म्याद थप सोमबार अनलाइनमार्फत भएको छ । थुनुवाहरुको अनलाइनमार्फत म्याद गर्ने कार्य रुपन्देही जिल्लामा नेपालमै पहिलो पटक भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसी) डिल्लीनारायण पाण्डेले बताए । उनले अनलाइनको प्रयोग गरी भिडियो कन्फ्रेन्समार्फत सोमबार ६ जना थुनुवाको म्याद थप गरिएको बताए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा रहेका थुनुवाहरुको म्याद थप गर्ने सम्बन्धमा जिल्ला अदालत रुपन्देहीको सहकार्यमा भिडियो कन्फ्रेन्समार्फत उनीहरुको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) श्यामलाल ज्ञवालीले बताए ।
सोमबार एक औपचारिक कार्यक्रमबीच अनलाइनको प्रयोग गरी भिडियो कन्फ्रेन्समार्फत थुनुवाको म्याद थप गर्ने कार्यको उद्घाटन जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नरीश्वर भण्डारीले गरेका थिए ।
उद्घाटन पश्चात भिडियो कन्फ्रेन्समार्फत थुनुवाहरुलाई जिल्ला न्यायाधीशसमक्ष उपस्थित गराई लागुओैषध मुद्दाका ५ र मानव वेचविखन तथा ओसार पसार मुद्दाका १ जना गरी ६ जनाको म्याद थपको अनुमति लिइएको थियो ।





























प्रतिक्रिया