काठमाडौँ, ३१, असोज
बाँके प्रहरीद्वारा विभिन्न अपराधमा संलग्न रहेका ब्यक्तिहरुलाई पक्राउपछि सार्वजनिक गरेको छ । तिहार पर्वको अवसरमा लुटपाट गर्ने उद्देश्यले अवैध हतियार कटुवा पेस्तोल बोकेर हिडेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा नेपालगन्ज–२२ पुरैनीबाट कटुवा पेस्तोल लिएर हिडेको अवस्थामा चेकजाँच गर्दा उक्त पेस्तोल फेला परे पछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक (एसपी) टेकबहादुर तामाङ्गले बताए । पक्राउ पर्नेमा नेपालगन्ज–२२ श्यामता लोनिया, डुडुवा गाउपालिका–३ सुलालपुरुवा बस्ने बाबुलाल पासी र डुडुवा–८ भुन्डुपुरुवाका शेर अली बागवान रहेका छन् । उनीहरुलाई कटुवा पेस्तोल सहित नियन्त्रणमा लिएर अनुसंधान कार्य अघि बढाईएको प्रहरीले जनाएको ।
त्यसैगरि कोहलपुरबाट ५ ग्राम ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर–१० का शंकर थारु, कोहलपुर–९ को २० वर्षको जेके चौधरी र वडा नं. ८ को १४ वर्षिय विपी लामा रहेका छन् । उनीहरुलाई कोहलपुर–९ पिपरी बाट पक्राउ गरिएका हो । यस बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । नजिकदै गरेको तिहारको लागि जिल्लाका विभिन्न स्थानबाट लुकाई छिपाई ल्याईएको करिव ६५ किलो आतेसबाजी बस्तु (पटका) प्रहरी बाँकेले नियन्त्रणमा लिएको छ । बाँके बर्दियाको सिमाना मानखोलाबाट नेपालगन्ज ल्याउदै गरेको दुईबोरा लसुनबम सहितको पटाका प्रहरीलाई देख्ने बित्तिकै छाडेर भागेको अवस्थामा बरामद गरीएको प्रहरी उपरीक्षक एसपी तामाङ्गले बताए । बरामद गरिएको आतेसबाजी बस्तु (पटका) विभिन्न क्षेत्रका प्रतिनिधिको रोहबरमा जिल्ला प्रहरी कार्यालय परिसरमा नष्ट गरिएको छ ।































प्रतिक्रिया