काठमाडौं, ३०, असोज
एघार दिन देखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य गल्दै गएको छ । प्रतिदिन स्वास्थ्य अवस्था कमजोर बन्दै जानु र शरीरले स्लाइन पानी समेत वेला बखत नलिएपछि चिकित्सकहरू चिन्तित बनेका छन् । "/>

स्वास्थ्य गम्भीर भएपछि केसीलाई आइसियूमा सार्ने तयारी

स्वास्थ्य गम्भीर भएपछि केसीलाई आइसियूमा सार्ने तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ३०, असोज
एघार दिन देखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य गल्दै गएको छ । प्रतिदिन स्वास्थ्य अवस्था कमजोर बन्दै जानु र शरीरले स्लाइन पानी समेत वेला बखत नलिएपछि चिकित्सकहरू चिन्तित बनेका छन् । मेडिकल टिमकी संयोजक डा. दिव्या सिंहका अनुसार डा. केसीको स्वास्थ्य अवस्था निकै जटिल मोडमा पुगेको छ ।

‘केसीको मुटुको चाल गडबड भइरहेको छ,’ उनले भनिन्, ‘सेतो रक्तकोशिकाको मात्रा धेरै कम भएको छ । संक्रमणको खतरा बढी देखिएको छ ।’ सेतो रक्तकोशिकाको मात्रा चार हजार भन्दा तल झर्नुलाई खतरा मानिन्छ । चिकित्सकहरूका अनुसार केसीको सेतो रक्तकोशिकाको मात्रा अहिले तीन हजारमा झरेको छ । शरीरको रक्तचाप र सेतो रक्तकोशिकाको मात्रा कम हुँदा जटिल अवस्था निम्तन सक्ने डा. सिंहको भनाइ छ । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि केसीलाई आइसियूमा सार्न तयारी अवस्थामा राखिएको चिकित्सक डा. सुवास आचार्यले बताए । अहिले केसीको श्वासप्रश्वासमा समेत समस्या देखा पर्न थालेको छ । आइतबारको रिपोर्ट हेरेपछि केसीको स्वास्थ्य अवस्थाप्रति उपचारमा संलग्न चिकित्सकहरू नै चिन्तित बनेको डा. आचार्यले बताए । यता सरकारी वार्ता टोली र डा. केसी पक्षबीच आइतबारको वार्ता पनि निष्कर्षमा पुग्न सकेन । केसी पक्षले चिकत्सा शिक्षा विधेयक संसदबाट पास नभएको अवस्थामा त्यसको विकल्प खोज्न सरकारलाई आग्रह गरेको छ ।
नयाँपत्रिकाबाट

Logo