डोटी,३०,असोज
तपाईं अनुमान पनि लगाउन सक्नुहुन्न डोटीमा २२ किलोमिटर दुरी यात्रा गर्दा पाँच सय रुपैयाँ भाडा तिर्नुपर्छ । सवारी साधनले लिनु पर्नेभन्दा निकै धेरै भाडा असुल्ने गरे पनि प्रहरी–प्रशासन र स्थानीय सरकार मौन बसेको छ । यसको मारमा सर्वसाधारण यात्रुहरू परेका छन् । उनीहरू महँगो भाडा तिरेर पनि जोखिमपूर्ण यात्रा गर्न विवश छन् । दिपायल–मौवा–डौड, दिपायल–चवारा–चौतारा, सहजपुर–बिपीनगर बोगटान, बुडर–जोरायल, तल्कोट–धुर्कोट सडकमा चल्ने सवारी साधनमा अचाक्ली भाडा उठाइने गरेको हो । यी नै जिल्लाका प्रमुख ग्रामीण सडक हुन् । ग्रामीण सडक स्तरोन्नतिका लागि स्थानीय सरकारहरूले वास्ता गरेका छैनन् भने सडकको दुरवस्थाले सवारी साधनले मनपरी भाडा उठाएका आएका छन् ।
कारोबारबाट





























प्रतिक्रिया