काठमाडौं,२९, असोज

दलहरु वीच आरोप र प्रत्यारोपको राजनिती चलिरहेकै बेला नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले काँग्रेस, एमाले, माओवादी र राप्रपा एउटै थैलीका चट्टा पट्टा भएको आरोप लगाएका छन् । "/>

कांग्रेस, एमाले र माओवादी साम्राज्यवादी र विस्तारवादीका एजेन्ट भएको वैद्यको आरोप

कांग्रेस, एमाले र माओवादी साम्राज्यवादी र विस्तारवादीका एजेन्ट भएको वैद्यको आरोप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२९, असोज

दलहरु वीच आरोप र प्रत्यारोपको राजनिती चलिरहेकै बेला नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले काँग्रेस, एमाले, माओवादी र राप्रपा एउटै थैलीका चट्टा पट्टा भएको आरोप लगाएका छन् । पहिलो राष्ट्रिय सम्मेलन पोखराबाट पारित निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा वोल्दै वैद्यले यस्तो कुरा बताए ।

राष्ट्रिय सम्मेलनमा छलफल पनि गरेको भन्दै वैद्यले काँग्रेस, एमाले, माओवादी र राप्रपा एउटै भएको बताए । मात्रात्मक रुपमा थोरै भएपनि समग्रमा उनीहरु एउटै भएको वैद्यले आरोप लगाए । ‘हामीले संविधान बनाउने क्रमदेखि हेर्र्दै आएका छौं ’ वैद्यले भने, ‘नेताहरु विपक्षी गठबन्धन भन्छन् । कतिपय सत्तापक्षि भन्छन् । अहिले एमाले र माके एउटै भए । नेपाली काग्रेस र राप्रपा के फरक फरक छ ? चार पार्टी एउटै थलीका चटटा पट्टा हुन ।’ चार पार्टी नाममा फरक भएपनि कार्यगत रुपमा एउटै भएको वैद्यको तर्क छ । यि दलहरुले पुरानै राज्य सत्तालाई बचाएर जाने वैद्यको बुझाई छ । वैद्यले काँग्रेस, एमाले , माओवादी, राप्रपा प्रति प्रश्न गरेका थिए । उनले, ‘हाम्रो सवाल के छ भने देशको स्वाधिनताको रक्षा किन हुन सकेन ? जनजिविकाका समस्या किन समाधान हुन सकेन ? किन सच्चा लोकतन्त्र प्राप्त हुन सकेन ? सिधा भाषामा भन्दा यि शक्ति साम्राज्यवादी र विस्तारवादीका एजेन्ट हुन । वैदेशिक प्रक्रियावादीका एजेन्ट हुन । यि शक्तिसँग लड्न गाहो छ तर लड्न सक्छौं । वैकल्पिक शक्तिको रुपमा विकसित भएर जान्छौं ।’

Logo