करोडौंमा भर्जिनिटी बिक्री गर्ने युवतीले यति झुट बोलेकी थिइन्

करोडौंमा भर्जिनिटी बिक्री गर्ने युवतीले यति झुट बोलेकी थिइन्

केन्द्रबिन्दु
0
Shares

बुखारेस्ट (रोमानिया), २९ असोज ।

रोमानियामा बस्ने किशोरी अलेक्जेन्ड्रा क्याफरिनले जर्मनीमा आधारित सिन्ड्रेला एस्कार्ट एजेन्सीमार्फत आफ्नो कुमारित्व लिलामीमा राखेकी थिइन् । उनले त्यसको मूल्य, ८ लाख पाउन्ड राखेकी थिइन् । उनले भनेकी थिइन्, ‘म कुमारित्व गुमाएर आफ्नो परिवारको लागि घर खरिद गर्न चाहन्छु ।’

तर, जब छोरीको यस्तो उद्घोष बुबाआमाले सुने, उनीहरु निकै खिन्न भए । उनीहरुले एक टेलिभिजन अन्र्तवार्तामा भने, ‘हाम्रो छोरीले आखिर किन यसो भनिरहेकी छिन्, हामी दु:खी छौं । उनले घर जोगाउनका लागि कुमारित्व बेच्ने कुरा गरेकी छिन् तर हाम्रो घरको कुनै फाइनान्सियल लोन छैन ।’

किशोरीको पिता प्रहरी र आमा फर्मासिस्ट हुन् । उनीहरु कुनै हिसाबले ऋणमा डुबेका छैनन् । सबै कुरा थाहा पाएपछि अभिभावकले किशोरीलाई त्यस्तो हर्कत गर्नबाट रोक्न खोजेका थिए । तर, उनी रोकिइनन् । एक कदम अघि बढेर भनिदिइन्, ‘म १८ वर्षकी हुँ । र, म आफ्नो शरीरका लागि जे गर्न पनि राजी छु ।’

क्याफरिनका अनुसार, उनले १५ वर्षको उमेरमा एक फिल्म हेरेकी थिइन्, टिभीमा । त्यसमा एउटी किशोरीले आफ्नो आवश्यकता पूरा गर्न एक रातका लागि आफू स्वयमलाई बिक्री गर्छिन् । यही फिल्म हेरेपछि उनलाई भर्जिनिटी बिक्री गर्ने आइडिया आएको थियो ।

जसै उनले कुमारित्व लिलामीमा राखिन्, हङकङका व्यापारी अघि सरे । त्यसका निम्ति उनले २० करोड रुपैयाँभन्दा बढी मूल्य चुकाए । यतिबेला किशोरी १८ वर्षकी थिइन् । (एजेन्सी)

 

Logo