बालाजु प्रहरी वृत्त प्रमुख डिएसपी भण्डारी अख्तियारको नियन्त्रणमा

बालाजु प्रहरी वृत्त प्रमुख डिएसपी भण्डारी अख्तियारको नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

एसके बैश्य । काठमाडौं, २९ असोज ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी बालाजु वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नवीनकृष्ण भण्डारीलाई आज नियन्त्रणमा लिएको छ । गत असोज ९ गते पाँच लाख घुससहित बालाजु प्रहरीको घुमुवा प्रहरी सहायक निरीक्षक (असई) चन्द्रसिंह भाट पक्राउ परेको घटनामा डिएसपी भण्डारी पनि संलग्न रहेको भन्दै आयोगले उनलाई नियन्त्रणमा लिएको हो ।

असई भाटले अख्तियारसँगको बयानमा डिएसपी भण्डारीको संलग्नता खुलाएपछि थप अनुसन्धानका लागि भण्डारीलाई नियन्त्रणमा लिएको अख्तियार स्रोतले जानकारी दिएको छ ।

गत असोज ९ गते बालाजु प्रहरीले काठमाडौं धनेश्वरका गंगा देवानलाई अपरहण शैलीमा पक्राउ गरी उनलाई छाड्नका लागि उनकै श्रीमती विनीता देवानसँग २० लाख रकम घुस मागेको थियो । तर, विनीताले ५ लाख मात्र प्रहरीलाई बुझाएकी थिइन् । सोही ५ लाख घुस मागेको प्रकरणमा डिएसपी भण्डारीलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

अख्तियारले उक्त रकमसहित रंगेहात असई चन्द्रसिंह भाट, जवान पुष्कर शाहलाई पक्राउ गरेको थियो । सोही घटनामा संलग्न भनिएका बिन्दवासिनी बालुवा डिपोका सञ्चालक विनोद थापालाई समेत अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो । घटनामा संलग्न हवल्दार मनोज यादव केही समय फरार रहे पनि पछि अख्तियारले पक्राउ गरेको थियो ।

 

Skip This
Skip This
Logo