काठमाडौँ, २९, असोज
टाट पल्टिएका उद्योगी अशोक झुनझुनवालाको उद्योगमा सरकारले सिलबन्दी गरेपछि अनुदानको रकम जग्गाको कारोबारमा लगाएको खुलासा भएको छ । पेसाले जग्गा कारोबारी झुनझुनवालाले कृषि विकास कार्यालय मोरङको सिफारिसमा सरकारले अनुदान दिएको चार करोड रकम जग्गा कारोबारमा लगाएको खुलेको हो ।
जग्गाको कारोबारमा पैसा लगानी गरेर सरकारले कित्ताकाट रोकेपछि उनी अहिले उद्योग बन्द गर्ने मनस्थितिमा रहेको स्रोतले जानकारी दिएको छ । अनुदानको दुरुपयोग भएको खुलेपछि तीन वर्ष अघि मात्र सञ्चालनमा आएको उक्त उद्योगलाई अनुदान रकम दिनुपर्छ भनी रायसहित प्रतिवेदन बुझाउने कृषि विकास कार्यालय मोरङका तत्कालीन कार्यालय प्रमुखको सिफारिस पनि विवादमा परेको स्रोतले जानकारी दिएको हो । उनले अनुदानको चार करोड अन्यत्रै लगाएका कारण उद्योग बन्द गर्ने मुडमा रहेको खुलेको छ ।
आर्थिक दैनिकबाट





























प्रतिक्रिया