काठमाडौँ, २९, असोज
निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि नमुना मतपत्र तयार पारेको छ । निर्वाचनको तयारीमा व्यस्त रहेको आयोगले मतपत्र छपाइ जारी रहँदा नमुना मतपत्र तयार पारेको हो । नमुना मतपत्रका माध्यमबाट निर्वाचन लक्षित मतदाता शिक्षा कार्यक्रम, तालिम तथा नमुना मतदान गरिने आयोगले जनाएको हो । आयोगका प्रवक्ता नवराज ढकालले मतपत्र छपाइको काम जारी रहेको भन्दै आयोगले नमुना मतपत्र तयार गरेको बताए । ‘मतपत्र छपाइ धमाधम भइरहेको छ, पहिलो चरणमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम जारी छ, आयोगले मतदाता शिक्षा र विभिन्न तालिम तथा नमुना मतदान प्रयोजनका लागि नमुना मतपत्र तयार गरेको हो,’ प्रवक्ता ढकालले भने । आयोगले नेपाली सेनाको सुरक्षा घेरामा जनक शिक्षा सामग्री केन्द्रको छापाखाना भक्तपुरमा १७ असोजबाट मतपत्रको छपाइ सुरु गरेको हो । पहिलो चरणमा सातवटै प्रदेशका लागि समानुपातिकतर्फको मतपत्र छपाइको काम धमाधम जारी रहेको छ । समानुपातिकतर्फका लागि मात्रै १ करोड ७४ लाख मतपत्र आवश्यक पर्ने आयोगका प्रवक्ता ढकालले जानकारी दिए ।
राजधानीबाट





























प्रतिक्रिया