काठमाडौँ, २८, असोज
सरकारले पाँचथर जिल्लाबाट डिजिटल प्रविधिको राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गर्ने भएको छ । गृह मन्त्रालयले नमुना जिल्लाको रूपमा पाँचथर जिल्ला छनोट गरेको हो । ‘हामीसँग सन् २०१८ मार्च भित्र करिब एक लाख मतदाता रहेका कुनै एक जिल्ला र सिंहदरबारका सात हजार कर्मचारीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्नुपर्ने समय सीमा छ,’ राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका महानिर्देशक उद्धवराज तिमल्सिनाले भने, ‘राष्ट्रिय परिचयपत्र वितरणका लागि डाटा प्रशोधनको काम सुरु गरेका छौँ ।’ एसियाली विकास बैंकको सहयोगमा सरकारले अहिले प्रयोग भइरहेको नागरिकतालाई विस्थापित गर्न डिजिटल प्रविधिको राष्ट्रिय परिचयपत्र जारी गर्दै छ । केन्द्रले निर्वाचन आयोगले संकलन गरेको फोटोसहितको मतदाता नामावलीको तथ्यांकका आधारमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया