काठमाडौँ, २८, असोज
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जवरा र एकीकृत (राष्ट्रिय प्रजातन्त्र पार्टी) राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले हिजो दुई पार्टी एकीकरणका लागि छलफल थालेका छन् । महाराजगञ्जमा भएको भेटमा एउटै परिवेशका दुवै पार्टीलाई एकताबद्ध गरी आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा सहभागी हुने विषयमा समेत छलफल भएको छ ।
राप्रपा (राष्ट्रवादी) का अध्यक्ष लोहनीले मुलुकमा हिन्दू राष्ट्र तथा राष्ट्रिय हितका लागि राष्ट्रिय चरित्र भएको संस्थाको खाँचो औँल्याउँदै सो विषयमा राप्रपा (प्रजातान्त्रिक) प्रस्ट भए चाँडो दुवै पार्टीको एकता हुने विश्वास व्यक्त गरेका राप्रपा (राष्ट्रवादी) केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिए । राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष राणाले दुवै पार्टीको वैचारिक दृष्टिकोणमा धेरै विषय समान रहेको भए पनि केही प्राविधिक विषयमा पार्टीमा छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुलुकको पछिल्लो राजनीतिक अवस्थामा लोकतान्त्रिक गठबन्धनमा भए पनि सहभागी हुन आग्रह गरेका छन् ।
रासस





























प्रतिक्रिया