प्रम देउवाद्वारा पाँचौ पटक मन्त्रिमण्डलको विस्तार

प्रम देउवाद्वारा पाँचौ पटक मन्त्रिमण्डलको विस्तार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचौ पटक मन्त्रिपरिषदको बिस्तार गरेका छन् ।  

वर्तमान सरकारलाई राप्रपावाट समर्थन प्राप्त भएपछि प्रधानमन्त्री देउवाले राप्रपाका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री सहित ४ मन्त्री र ४ राज्यमन्त्री थपेका हुन् ।

राप्रपाले जयन्त चन्द, दिलनाथ गिरी र विक्रम थापालाई मन्त्री तथा भाष्कर भद्रा, कुन्ती शाही, सुशील श्रेष्ठ र कान्ता भट्टराईलाई राज्यमन्त्रीका रुपमा सिफारिस गरेको छ । यो मन्त्रीमण्डलको बिस्तार भएमा अहिलेको मन्त्रिमण्डलको आकार ६४ सदस्यीय हुने छ । नवनियुक्त मन्त्रीहरुको नाम राष्ट्रपतिसमक्ष पठाइएको छ र सपथ भोलि हुनेछ ।

Logo