केन्द्रविन्दु सम्बाददाता 

काठमाडौँ, २७ असोज । सरकारले गोली प्रहार गरी हत्या गरिएको निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनलाई शहिद घोषणा गरेको छ । "/>

निर्माण व्यवसायी शरद गौचनलाई शहिद घोषणा

निर्माण व्यवसायी शरद गौचनलाई शहिद घोषणा

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु सम्बाददाता 

काठमाडौँ, २७ असोज । सरकारले गोली प्रहार गरी हत्या गरिएको निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनलाई शहिद घोषणा गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गौचनलाई सहिद घोषणा गरेको गृहमन्त्री जनार्दन शर्माले जानकारी दिए । 

सोमबार दिउँसो नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा अज्ञात समूहको गोली लागेर निधन भएका गौचनको हत्यारालाई चाँडै पत्ता लगाई कारबाही गर्नुपर्ने, गौचनलाई शहिद घोषणा गर्नुपर्ने र व्यवसायीको सुरक्षा दिनुपर्नेलगायतका माग राखी गौचनको शव महासंघ र परिवारले बुझ्न मानेका थिएनन् । माग पुरा गर्ने गृहमन्त्रीको प्रतिबद्धतापछि उनको बिहीबार अन्तिम संस्कार भएको थियो ।

Logo