बर्दिया, २७, असोज
गुडिरहेको ट्रकमा बिजुलीको तारले छुँदा करेन्ट लागेर घाइते एक जनाको उपचारको क्रममा मृत्यु भएको छ। ठाकुरबाबा नगरपालिकाबाट धानको भुस बोकेर पोखराका लागि हिँडेको ना ३ ख ५४८८ नम्बरको ट्रकमा बिजुलीको तारले छोएको थियो । घटनामा घाइते भएका बाँसगढी नगरपालिका–३ का २० वर्षका बलीराम थारुको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।
नागरिकबाट





























प्रतिक्रिया