काठमाडौं,२६, असोज
नेपाली कांग्रेसले १७ सदसीय संसदीय समिति गठन गरेको छ। सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल बीच सहमतिमा समिति गठन भएको हो। समितिमा पौडेल निकट ६ र कृष्णप्रसाद सिटौला पक्षबाट १ सदस्य सहभागि छन् भने बाँकी देउवा निकट हुन। समितिले नै पार्टीको तर्फबाट प्रदेश र केन्द्रको उम्मेदवार टुंगो लगाउने छ । मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न हुने प्रदेश र केन्द्रको निर्वाचनमा पार्टीको तर्फबाट मैदान उतार्ने उम्मेदवारको टुंगो कांग्रेसले असोज २७ भित्र लगाइसक्ने निर्णय गरेको छ ।
नागरिकबाट





























प्रतिक्रिया