काठमाडौं,२६, असोज
मोहन वैद्य नेतृत्वको राष्ट्रिय सम्मेलनमा नेता–कार्यकर्ताले निर्वाचन बहिष्कार गरी नयाँ जनवादी क्रान्तिको तयारीमा जुट्न नेतृत्वलाई सुझाव दिएका छन् । "/>

वैद्य माओवादीले चुनाव वहिष्कार गरि जनवादी क्रान्ति थाल्ने

वैद्य माओवादीले चुनाव वहिष्कार गरि जनवादी क्रान्ति थाल्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२६, असोज
मोहन वैद्य नेतृत्वको राष्ट्रिय सम्मेलनमा नेता–कार्यकर्ताले निर्वाचन बहिष्कार गरी नयाँ जनवादी क्रान्तिको तयारीमा जुट्न नेतृत्वलाई सुझाव दिएका छन् । २२ असोज देखि पोखरामा जारी सम्मेलनका क्रममा समूहगत छलफलको निष्कर्ष सुनाउँदै नेताहरूले अधिकांश कार्यकर्ता अहिलेको संसदवादी निर्वाचनको विपक्षमा रहेकाले वहिष्कार गरी क्रान्तिको तयारीमा जुट्नुपर्ने पक्षमा रहेको बताएका थिए ।

उनीहरूले निर्वाचन उपयोगको कुरा जायज भए पनि अहिले त्यो अवस्था नरहेकाले निर्वाचन बहिष्कार गरी क्रान्तिकारी ध्रुवीकरण सहित संघर्षलाई नयाँ उचाइमा उठाउनुपर्नेमा जोड दिएका हुन् । निर्वाचनमा सहभागी भएको अवस्थामा पनि शीर्ष नेताहरू प्रत्यक्ष निर्वाचनमा जानुपर्ने प्रतिनिधिहरूको सुझाव थियो । ४ नम्बर समूहका नेता हस्तबहादुर केसीले अहिलेको अवस्थामा निर्वाचनमा सहभागी हुनुको कुनै अर्थ नरहेको र निर्वाचनमा सहभागी हुँदा प्रतिगामी संविधान कार्यान्वयनमा सघाएको देखिने भएकाले निर्वाचन ध्वस्त बनाएर नयाँ जनवादी क्रान्तिको थालनी गर्नुपर्नेमा जोड दिए ।
राजधानीबाट

Logo