पर्सा,२६, असोज
आगामी मंसिरमा हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि सरकारले म्यादी प्रहरीमा आवदेन खुलाएपछि जिल्ला प्रहरी कार्यालय पर्सामा युवाहरुको भिड बढेको छ । "/>

पर्सामा म्यादी प्रहरीमा युवाहरुको आर्कषण वढ्यो

पर्सामा म्यादी प्रहरीमा युवाहरुको आर्कषण वढ्यो

केन्द्रबिन्दु
0
Shares

पर्सा,२६, असोज
आगामी मंसिरमा हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि सरकारले म्यादी प्रहरीमा आवदेन खुलाएपछि जिल्ला प्रहरी कार्यालय पर्सामा युवाहरुको भिड बढेको छ । उसो त तराई –मधेसका युवाहरुको म्यादी प्रहरीमा आकर्षण राम्रो देखिएको छ । चर्को घाममा घण्टौं लाईन बसेर जिल्ला प्रहरी कार्यालय पर्सा परिसरमा म्यादी प्रहरीका लागि आवेदन दिइरहेका छन् । आवेदन दिने ठाउँ व्यवस्थित नभएको गुनसो गरेपनि उनीहरु आवेदन दिनबाट भने पछि हटेका छैनन् । स्थानीय तहको चुनावमा पर्सा जिल्लाबाट १ हजार ४ सय ९२ जना म्यादी प्रहरी भर्ना गरिएको थियो भने संख्या यकिन नभएपनि यसपाली स्थानीय तहको भन्दा बढी म्यादी प्रहरीको भर्ना जिल्लाबाट हुने अनुमान जिल्ला प्रहरी कार्यालय पर्साले गरेको छ । ​

नयाँपत्रिकाबाट

Logo