गौचनका हत्यारा नसमाते निर्माण कार्य ठप्प पार्ने चेतावनी

गौचनका हत्यारा नसमाते निर्माण कार्य ठप्प पार्ने चेतावनी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं , असोज,२५
नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाले महासंघका अध्यक्ष शरदकुमार गौचनका हत्यारालाई सरकारले तत्काल पक्राउ गरी सार्वजनिक नगरे मुलुकभर विकास निर्माणका काम बन्द गर्ने चेतावनी दिएका छन् । महासचिव देउजाले बुधबार साँझ सम्म हत्यारालाई पक्राउ गर्न सरकारलाई समय दिएको बताए । उनले हत्यामा संलग्नलाई पक्राउ नगरिए सम्म त्रिवि शिक्षण अस्पतालमा राखिएको गौचनको शव पनि नबुझने जानकारी गराए । महासंघका अध्यक्ष गौचनको सोमबार दिउँसो काठमाडौं, शान्तिनगरस्थित घरबाट निस्कनेबित्तिकै गोली हानी हत्या गरिएको थियो ।
नागरिकबाट

Logo