काठमाडौं , असोज,२५
एमालेले अध्यक्ष केपी ओलीको नेतृत्वमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन परिचालन गर्ने भएको छ । संसदीय दलको कार्यालय, सिंहदरबारमा मंगलबार बसेको स्थायी कमिटी बैठकले अध्यक्ष ओलीकै संयोजकत्वमा दुवै तहको निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय गरेको हो । चुनावी परिचालन कमिटीमा अन्य नेताहरू पनि रहनेछन् तर समग्र नेतृत्व भने ओलीले नै गर्नेछन् । वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल सहित सबै पदाधिकारी प्रत्यक्षतर्फ निर्वाचन लड्ने निश्चित भएकाले बैठकले ओलीलाई नै संयोजक बनाउने निर्णय गरेको केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताए । ‘चुनावी परिचालनको नेतृत्व अध्यक्षले नै गर्नुहुनेछ,’ श्रेष्ठले भने ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया