काठमाडौं , असोज,२५
फ्रान्सले बाढीपीडितका लागि १ लाख युरो (करिब १ करोड २० लाख रुपैयाँ) सहयोग गरेको छ । तराईमा डेढ महिना अघि आएको बाढीका पीडितलाई फ्रान्सले उक्त सहयोग उपलब्ध गराएको हो । यो सहयोगले अपांगता भएका परिवारलाई सहयोग पुग्ने फ्रान्सले आशा व्यक्त गरेको छ । दूतावासले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यो रकम वैकल्पिक र फरक क्षमता भएका व्यक्तिको हितका लागि काम गर्दै आएको ह्यान्डीक्याप इन्टरनेसनललाई उपलब्ध गराइएको छ ।’ उक्त सहयोग दाङ र बाँकेका अति जोखिममा परेका परिवारको हितमा उपयोग हुने र उनीहरूको तत्काल आवश्यकता पूरा हुने विश्वास दूतावासले लिएको छ ।
कान्तिपुरबाट





























प्रतिक्रिया