काठमाडौं , असोज,२५
नेपाली कांग्रेसका ६८ जिल्ला कार्यसमितिले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारको सूची केन्द्रीय कार्यसमितिमा पठाएका छन् । असोज १७ सम्म उम्मेदवारको सिफारिस गर्न निर्देशन दिईए पनि अझै ९ जिल्लाले सूची पठाएका छैनन् । उम्मेदवारको सूची नआउने जिल्लाहरुमा प्रदेश २ का पर्सा बाहेक ७ जिल्ला छन् । रुकुम र रोल्पाले पनि सूची पठाएका छैनन् । प्रतिनिधिसभाका लागि ३० जिल्ला र प्रदेशसभाका लागि ६ जिल्लाले सर्वसम्मत उम्मेदवारको सूची पठाएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्ण केसीले बताए ।
कान्तिपुरबाट





























प्रतिक्रिया