काठमाडौं , असोज,२५
राष्ट्रिय मानव अधिकार आयोगले नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको सोमबार गोली प्रहारबाट हत्या भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै तत्काल दोषीलाई यथाशीघ्र कारबाही गर्न सरकारसँग माग गरेको छ । "/>

गौचनको हत्या प्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण

गौचनको हत्या प्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं , असोज,२५
राष्ट्रिय मानव अधिकार आयोगले नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको सोमबार गोली प्रहारबाट हत्या भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै तत्काल दोषीलाई यथाशीघ्र कारबाही गर्न सरकारसँग माग गरेको छ । आयोगका प्रवक्ता मोहना अंसारीले हिजो जारी गर्नुभएको प्रेस विज्ञप्तिमा घटनाको तत्काल प्रभावकारी अनुसन्धान गरी गौचनको हत्यामा संलग्न दाषीलाई यथाशीघ्र कानून बमोजिम कारबाही गर्न र आम नागरिकलाई भयमुक्त वातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न सरकारसँग आग्रह गरिएको छ ।

दिउँसै गोली हानी व्यक्ति हत्या हुनुले आम नागरिकमा असुरक्षाको अवस्था रहेको र सुरक्षा निकायलाई गौचनको ज्यान खतरामा रहेको जानकारी हुँदाहुँदै पनि सुरक्षा संवेदनशीतला कमजोर देखिएको आयोगले जनाएको छ । आयोगले राज्यका आफ्ना नागरिकको प्रभावकारी सुरक्षा गर्न नसकेको कारण नेपाल पक्ष राष्ट्र भएको नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि, १९६६ को धारा ६ तथा नेपालको संविधानको धारा १६ द्वारा प्रदत्त जीवनको अधिकारको हनन गम्भीर विषयमा भएको आयोगको ठम्याइ छ ।
रासस

Logo