विराटनगर, २४ असोज
भदौ महिनामा आएको बाढीले सीमावर्ती भारतीय बजार जोगवनीदेखि पाँच किमी दक्षिणमा रहेको मिरगञ्ज पुलको मर्मत पूरा भई ठूला मालवाहक सवारी साधन आवागमन परीक्षण सम्पन्न भएको छ । "/>

भारतको मिरगञ्ज पुल मर्मत भई परिक्षण सम्पन्न

भारतको मिरगञ्ज पुल मर्मत भई परिक्षण सम्पन्न

केन्द्रबिन्दु
0
Shares

विराटनगर, २४ असोज
भदौ महिनामा आएको बाढीले सीमावर्ती भारतीय बजार जोगवनीदेखि पाँच किमी दक्षिणमा रहेको मिरगञ्ज पुलको मर्मत पूरा भई ठूला मालवाहक सवारी साधन आवागमन परीक्षण सम्पन्न भएको छ । उक्त पुल मर्मत सम्भार गरी सवारी सञ्चालन गर्न करिब डेढ महिना लागेको थियो । पुलबाट सोमबारदेखि साना तथा पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन सञ्चालन हुनु पर्नेमा सोमबार मध्याह्नसम्म सञ्चालन हुन नसकेको विराटनगर भन्सार कार्यालय रानीका नासु देवीभक्त पौडेलले बताए ।

पुल मंगलबार देखि पूर्णरुपमा सञ्चालन भई ठूला सवारी साधन आवागमन हुने विराटनगर भन्सार कार्यालय रानीले जनाएको छ । भारत एवं तेस्रो मुलुकबाट सामान आयात गर्दा रेल्वे मार्ग र मिरगञ्ज पुल हुँदै सडक मार्गको प्रयोग हुँदै औद्योगिक कच्चा पदार्थसहित अन्य सामग्री आयात हुने गरेको थियो । उक्त मार्गको रेल्वे यसअघि नै सञ्चालनमा आएको थियो भने मिरगञ्ज पुलको मर्मत नसकिएकाले सडक मार्गबाट आयात हुने सामग्री भन्टाबारी भन्सार नाका हँुदै विराटनगर आइरहेको थियो । उक्त पुलमा तीनवटा ‘स्क्रुपाइलिङ’ हालेर पूर्णरुपमा मर्मत गरिएकाले ठूला मालबाहक साधन आउजाउ गर्न सक्ने बनाइएको निरीक्षण गरेर फर्किएका नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नं १ का उपाध्यक्ष राजेन्द्र राउतले जानकारी दिए । रासस

 

Skip This
Skip This
Logo