पाँचथर, २४, असोज
११७ औँ विश्व हुलाक दिवसको अवसर पारेर जिल्ला हुलाक कार्यालय, पाँचथरले कार्यालयमा काम गर्ने एकजना कर्मचारीलाई उत्कृष्ट कार्य गरेको भन्दै सोमबार सम्मान गरेको छ ।सम्मानित हुनेमा हुलाक कार्यालयमा कार्यरत हलकारा पाचौं पृथ्वी बहादुर लावती रहेका छन् । ०५१ साल साउन १ गते नियुक्ति भएका लावतीलाई कार्य सम्पादनका आधारमा उत्कृष्ट कर्मचारीका रुपमा सम्मान गरिएको कार्यालयका कार्यालय प्रमुख देवी अधिकारीले जानकारी दिइन् ।
यस्तै कार्यालयमा सोमबार पहिलो पल्ट सेवा लिन आउने सेवाग्राही फिदीम नगरपालिका–६ सिवाका सिङ्गवीर तामाङलाई खादा ओढाएर सम्मान गरिएको थियो । दिवसको अवसरमा हुलाक परिसर वरिपरि सरसफाइ गरिएको जिल्ला हुलाक कार्यालयले जनाएको छ । सरसफाइपछि सम्मान कार्यक्रममा बोल्दै कार्यालय प्रमुख देवी अधिकारीले अहिले पनि मोबाइल तथा इन्टरनेटले विश्वलाई साँघुरो बनाए पनि हुलाकको प्रयोग भने उत्तिकै रहेको बताइन् ।
रासस





























प्रतिक्रिया