काठमाडौं, २४, असोज
पाँच दिनदेखि १३ औँ पटक आमरण अनशनमा रहेका प्रा. डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ । डा. केसीको शरिरमा अक्सिजनको मात्रा कम भएर सास फेर्न असजिलो भएपछि अक्सिजन दिन थालिएको छ । उनको स्वास्थ्य अवस्थामा निगरानी गर्न त्रिवि शिक्षण अस्पतालले गठन गरेको सात सदस्यीय स्वास्थ्य उपचार समितिका अनुसार उनको रक्तचापमा समेत कमी देखिएको छ भने पिसाबमा एसिटोन देखिएको छ । उनको अनसन प्रति सरकारले भने खासै वास्ता गरेको पाइएको छैन ।
कान्तिपुरबाट































प्रतिक्रिया