काठमाडौं, २४, असोज
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हानी हत्या गर्ने व्यक्तिले महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रवीन्द्र धानुकलाई फोन गरी जिम्मेवारी लिएका छन्। आफूलाई लोप्साङ लामा नाम बताउने व्यक्तिले एसएसपी थानुकलाई सोमबार साँझ फोन गरेको उनले बताए । ‘प्राइभेट नम्बरबाट सवा चारबजे तिर आफूलाई लोप्साङ लामा बताउने व्यक्तिले फोन गरेर घटना आफूले गराएको दाबी गर्यो’, एसएसपी धानुकले भने, ‘मागेको पैसा नदिएकाले गोली हानेको उसको भनाइ थियो।’
गौचन हत्याको केही समयपछि अन्य व्यवसायीलाई पनि फोनबाट धम्की आएको छ। लामा कन्स्ट्रक्सनका अध्यक्ष तथा प्रबन्ध निर्देशक जीपछिरिङ लामालाई फोन मार्फत् धम्की आएको उनले बताए। ‘गौचनको के हाल भयो चाल पाइस ? पैसा दिइनस भने त्यही हाल बनाइदिन्छु’, फोनबाट आएको धम्की उदृत गर्दै लामाले भने। काँग्रेस नेता समेत रहेका लामा निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष हुन्।
नागरिकबाट





























प्रतिक्रिया